Section 10
वातावरणीय व्यवस्थापन योजना
(१) प्रस्तावकले प्रस्ताव कार्यान्वयन गर्नुअघि तोकिए बमोजिम वातावरणीय व्यवस्थापन योजना तयार गर्नु पर्नेछ।

(२) प्रस्तावकले उपदफा (१) बमोजिम वातावरणीय व्यवस्थापन योजना तयार गर्दा वातावरणीय प्रतिकूल प्रभाव न्यूनीकरणका उपायहरुमध्ये कुन-कुन उपायहरु आयोजना निर्माणको क्रममा र कुन-कुन उपायहरु आयोजना सम्पन्न भएपछि वा आयोजना कार्यान्वयनको क्रममा अवलम्बन गर्ने हो सो समेत उल्लेख गर्नु पर्नेछ।

(३) प्रस्तावकले उपदफा (२) बमोजिम वातावरणीय व्यवस्थापन योजनामा उल्लेख गरेका वातावरणीय प्रतिकूल प्रभाव न्यूनीकरणका उपायहरु प्रभावकारी भएको नदेखिएमा सम्बन्धित निकायले अन्य प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक निर्देशन दिन सक्नेछ र त्यसरी सम्बन्धित निकायले दिएको निर्देशन कार्यान्वयन गर्दा लाग्ने खर्च सम्बन्धित प्रस्तावकले व्यहोर्नु पर्नेछ।

(४) प्रस्तावकले उपदफा (१) बमोजिम तयार गरेको वातावरणीय व्यवस्थापन योजना कार्यान्वयनको लागि स्पष्ट कार्ययोजना बनाई सो बमोजिम कार्यान्वयन गर्नु पर्नेछ र सोको प्रगति विवरण आयोजना कार्यान्वयन सुरु भएपछि प्रत्येक छ महिनामा सम्बन्धित निकाय समक्ष पेश गर्नु पर्नेछ।
(५) उपदफा (१) बमोजिमको वातावरणीय व्यवस्थापन योजना कार्यान्वयनको सम्बन्धमा वातावरणीय प्रतिकूल प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्दा प्रस्ताव कार्यान्वयन हुँदा प्रभावित हुने स्थानीय समुदाय मार्फत्‌ कार्यक्रम सञ्चालन गर्ने कुरालाई प्राथमिकता दिनु पर्नेछ।